एमालेलाई सुधार गर्न नेता सुरेन्द्र पाण्डेले दिए तीन सुझाव

७ चैत्र, २०८२, शनिवार
सारांश
  • उनले एमाले आधुनिक र शक्तिशाली भएर उदाउन सक्ने भन्दै अब 'इतिहासको ब्याज' मा होइन, 'भविष्यको लगानी' मा ध्यान दिनुपर्ने बताएका छन् ।

काठमाडौँ: नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई सुधार गर्न तीन वटा सुझाव अगाडी सारेका छन् ।  
 

उनले एमाले आधुनिक र शक्तिशाली भएर उदाउन सक्ने भन्दै अब 'इतिहासको ब्याज' मा होइन, 'भविष्यको लगानी' मा ध्यान दिनुपर्ने बताएका छन् ।
 

उनले तीन सुझाव दिदै भनेका छन्- पहिलो, विज्ञतामा आधारित राजनीति: अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने 'प्राविधिक रोडम्याप' तयार गर्नुपर्छ । दोस्रो, डिजिटल मेरिटोक्रेसी: व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्न आधुनिक प्रविधि र पारदर्शी 'इभ्यालुएसन फ्रेमवर्क' लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस् । तेस्रो, संरचित पुस्तान्तरण: नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न 'को-लिडरसिप र मेन्टरसिप' को वैज्ञानिक मोडल सुरु गर्नुपर्छ ।
 

नेता पाण्डेले अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने 'विज्ञता र प्रविधि' सहितको एउटा गतिशील संस्था बन्नुपर्ने बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार